नेपाली गाउँ खाने कथा भाग ३
- Get link
- X
- Other Apps
उत्तर हेर्न प्रश्नमा ट्याप गर्नुहोस्
१. एक जना नाच्ने, पाँच जना हेर्ने, चार जना लुक्ने के हो?
✅ सुर्ती माडेको
२. हात खुट्टा केही छैन जता सुकै जान्छ, बोल्ने मुख नभए पनि गोप्य कुरा खोल्छ के हो?
✅ चिठ्ठी
३. उड्छ चरा होइन, गुड्छ गाडी होइन के हो?
✅ हवाइजहाज
४. लामो लामो लहरमा फल्ने मिठो फल, खाँदा भने मुख भरी हुन्छ जलै जल के हो?
✅ अङ्गुर
५. घाँटीमा झुन्ड्याई गालामा हाने, मिठो स्वरमा बोल्दछ साने के हो?
✅ मादल
६. न त हुन्छ हाँगा, न त हुन्छ पात, जति पटक काटे पनि पलाउने जात के हो?
✅ कपाल
७. भु.. भु.. गर्दछ, भमरो होइन, सुड छ, हात्ती होइन, के हो?
✅ झिँगा
८. गोरु मरेको कैले-कैले डुक्रन थाल्यो ऐले, के हो?
✅ ढ्याङ्ग्रो
९. कुवा न ताल, पानीको छाल के हो?
✅ आँसु
१०. टाउकोले लेख्ने, पुच्छरले मेट्ने के हो?
✅ पेन्सिल
११. एक भाइका सय आँखा के हो?
✅ डोको
१२. खोलो तरेकी राति गाई, चुले पुगी भञ्ज्याङ आइ के हो?
✅ पोते
१३. झोलामा अटाउने, ढोकामा नअटाउने के हो?
✅ छाता
- Get link
- X
- Other Apps
Comments
Post a Comment