नेपाली गाउँ खाने कथा भाग २
- Get link
- X
- Other Apps
उत्तर हेर्न प्रश्नमा ट्याप गर्नुहोस्
१. एक सिंगे गोरू होक्का होक्का गर्दै आन्न खाँदै छ के हो?
✅ ढिकी कुटेको
२. तल हेर्दा छागो माथि हेर्दा टागो?
✅ पुल
३. हिँड्दै छ पाइला मेट्दै छ?
✅ डुङ्गा हिँडेको
४. दौडेको दौडेको छ तर जहाँ को त्यही के हो?
✅ झातो
५. सानी नानी ले फेटा बानेको के हो?
✅ मासको दानो
६. खानपिन मेरोमा सुत्न तेरोमा के हो?
✅ ढोकामा आग्लो लगाएको
७. दौडिदै जान्छ तर फर्केर आउँदैन के हो?
✅ खोलो
८. कसौडी पाक्यो भात काचै?
✅ बेलौती (अम्बा)
९. कालो ओडारमा सेता जन्ती के हो?
✅ दाँत
१०. अजङ्गे बाबु, बझाङे छोरो, कालो नाती सेतो पनाति के हो?
✅ कटुसको फल
११. आमाको रगतमा छोरी पकाई खान्छु के हो?
✅ तोरीको तेलमा तोरीकै साग पकाएको
१२. एकखुट्टे धामी थरथरी कामी के हो?
✅ जुको
१३. एउटा चरीका तिन वोटा पखेटा?
✅ बिजुलीको पंखा
- Get link
- X
- Other Apps
Comments
Post a Comment